विप्लव छिन्नभिन्न भइसक्यो : गृहमन्त्री बादल
वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०८:१७
6.84K
shares
shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव छिन्नभिन्न भइसकेको दावी गरेका छन् । सामाजिक सुरक्षामा खलल पुर्याउने समूहलाई नेपाल प्रहरीले छिन्नबिन्न बनाएको भन्दै प्रशंसा गरेका छन् ।
शुक्रबार प्रहरी तालिम केन्द्र महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दिक्षान्त समारोहलाई बोल्दै गृहमन्त्री थापाले भने, ‘शान्ति सुरक्षालाई खलल पुर्याउने समूहविरुद्ध प्रहरीको काम प्रशंसायोग्य छ ।’
आपराधिक, विखण्डनकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरुबाट सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुग्नसक्ने भन्दै गृहमन्त्री थापाले प्रहरी नेतृत्वलाई सजग रहन समेत आग्रह गरे ।















