बेथानी भिजन नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

5.73K
shares

काठमाडौं । ‘प्रत्येक बालबालिका प्रेमिलो, वास्ता गर्ने र स्थिर परिवारमा’ भन्ने मुल नाराका साथ बेथानी भिजन नेपाल २०६४ सालमा स्थापित संस्था हो ।

दुर्ववहार, थिचोमिचो वा पारिवारिक विच्छेद र यसको जोखिममा भएका बालबालिकाहरूको उद्दार गर्ने र परिवार वा परिवार जस्तै वातावरणमा पुनःस्थापन गर्ने उद्देशले स्थापित बेसाहाराको साहारा बन्दै आएको संस्था हो बेथानी भिजन नेपाल !

सडकमा बेवारिसे अवस्थामा रहेकाहरूका बालबालिकाहरूको उद्धार गरी उचित व्यवस्थापन गर्दै परिवार वा वैकल्पिक स्याहारमा पुनःस्थापना गरेर लोकप्रिय संस्था हो ।

बेथानी भिजन नेपालले दुर्व्यवहार, शोषण, बेचबिखनको जोखिमबाट उद्दार गरि बालबालिकाहरूलाई संरक्षण गर्दै औपचारिक शिक्षा दिलाउदै आएको छ ।

अनाथ बालबालिकाको संरक्षण गर्दै आउनु भएकी संस्थाकी अध्यक्ष गोमाले आफ्नै घरका परिवारका रूपमा सेवा गर्न पाएकोमा उत्साहित भएको बताईन्। दुर्ववहार, थिचोमिचो वा पारिवारिक विच्छेद र यसको जोखिममा भएका बालबालिकाहरूको व्यवस्थापन गर्दै आएको उनले बताएकी थिईन् ।

‘विश्व आर्थिक संकटको बिचबाट अगाडि बढिरहेको बेला हाम्रो संस्था बेथानी भिजन नेपालले बेसाहाराहरूको उद्धारमा कुनै विचलित भएको छैन’। उनले भनिन् ।

संस्थामा बालबालिकाहरूको संरक्षण र दैनिक व्यवस्थापनमा अझै सक्रियताका साथ संरक्षण गर्ने प्रण समेत अध्यक्ष गोमाले गरिन्।

काठमाडौंका सडकमा बेबारिसे हिँड्ने बालबालिकाहरूको उदारको लागि प्रहरीसँग साझेदारी गरेर बेथानी भिजनमा ल्याउने गरेको बताईन्।

‘स्थानीय सरकार सहाराविहीन’

बालबालिकाहरूको सहारा बन्नुपर्ने हो’ । तर, विडम्बना सहाराविहीन बालबालिकाहरूको सहारा बन्न नसकेकामा अध्यक्ष गोमाले चिन्ता समेत गरेकी थिईन् ।

बेसहारा बालबालिकाहरूको अभिभावकको दायित्व निर्वाह गर्नुपर्ने स्थानीय सरकार उनीहरूप्रति मौन देखिने गरेको अध्यक्ष गोमाले बताउनु भयो। उहाँले भन्नुभयो, ‘सरकार पहुँचावाला व्यक्तिका लागि मात्रै हो जस्तो लाग्छ । सहाराविहीन बालबालिका लागि सरकार नभएको आभास दिलाउछ ।’स्थानीय सरकार साहाराविहिनहरूको साहारा बन्न गम्भीर हुनपर्नेमा अध्यक्ष गोमाको जोड थियो ।

बेथानी भिजन संस्थाले धेरै बालबालिकाहरूको उद्धार गरिसकेको छ । उद्धार गरिएकामध्ये अधिकांशलाई संस्थाले घरपरिवारसँग पुनर्मिलन गराइदिएको छ, भने केहीलाई प्रहरीको सहयोगमा मानव सेवाश्रममा समेत पठाएको छ ।

बेवारिसे भएका बालबालिकाहरूको उद्धार गरी घर पठाउन पाउँदा आफूहरूलाई अत्यन्त खुसी लाग्ने गरेको लामो समयदेखि संस्थामा कार्यरत सचिव प्रमिला नेपालीले बताईन् ।

‘प्रत्येक बालबालिका प्रेमिलो, वास्ता गर्ने र स्थिर परिवारमा’ भन्ने मुल नाराका साथ बेथानी भिजन नेपालको सामाजिक लेखा परिक्षण एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

सामाजिक लेखा परिक्षण कार्यक्रमको अध्यक्ष बेथानी भिजन नेपालको अध्यक्ष गोमा कुमारी सुनार ‘सरू’ थापाले गर्नु भएको थियो। प्रमुख अतिथि राष्ट्रिय बाल अधिकार परिषदका सदस्य राम बहादुर चन्द, परियोजनाको संक्षिप्त उपलब्धिको प्रस्तुत आफ्टर केयर कोअर्डिनेटर प्रमिला नेपालीले गर्नुभएको थियो, भने आर्थिक प्रतिवेदनको प्रस्तुत वित्त व्यवस्थापक बिष्णु प्रसाद उपाध्यायले गर्नुभएको थियो, र सामाजिक लेखा परिक्षण कार्यक्रममा उपस्थितहरूबाट संस्थाको प्रसंसा तथा अगाडि बढ्न, आर्थिक पारदर्शिता हुनुपर्ने जस्ता सुझाव दिएका थिए ।

कार्यक्रममा बेथानी भिजन नेपालका अध्यक्ष गोमा कुमारी सुनार ‘सरू’ थापा, संस्थाका पदाधिकारी, राष्ट्रिय बालअधिकार परिषदका सदस्य राम बहादुर चन्द,नेपाल प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक दाछेकी शेर्पा, प्रहरी असई लक्ष्मी घिमिरे, प्रहरी वृत्त गौशलाका प्रहरी हल्दार शान्ति सञ्जेल, अधिवक्ता, सामाजिक अभियान्ता, ग्लोबल चाईल्ड कियरका प्रतिनिधि बेथानी भिजन नेपाललाई घर उपलब्ध गराउनु हुने समाजसेवी, बेथनी भिजनका बालबालिका लगाएतको उपस्थितमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083