महोत्तरीमा एक युवकमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट

Nepal Life Insurance Long Ad

महोत्तरी। महोत्तरीमा एक युवकमाथि गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-११ भरतपुर बस्ने ३० वर्षीय मुरारी भनिने विनय कुमार महतोमाथि मरहा खोलामा आज साँझ ६ बजे गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले बताए ।

डीएसपी जयसवालका अनुसार कम्मरमा गोली लागेर घाइते भएका उनलाई उपचारको लागि जनकपुर ल्याएको छ ।

गौशाला बजार जाँदै गर्दा मरहा खोलामा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी लुटपाट गरेको स्थानीयले बताएका छन् ।

घटनास्थलमा दुईवटा गोली फेला परेको छ । दुई वटा भने फायर भएको पाइएको छ । गोली प्रहरी गर्नेको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

२८ जेठ २०८१, सोमवार १९:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु