नेपाल प्रहरी श्रीमती संघको आयोजनामा सप्तरी राहत वितरण
वि.सं.२०८१ जेठ ३१ बिहीवार १७:३६
shares

सप्तरी । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोख्रेलको प्रमुख आतिथ्यतामा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा सप्तरी जिल्ला महादेवा गाँउपालिका वडा नं.१ चिम्टिमा स्थानियवासी आगलागी पिडित ५० घरधुरीहरुलाई राहत वितरण गरिएको हो ।

उक्त कार्यक्रममा मधेश प्रदेश संघीय जनकपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ,मधेश प्रदेश प्रहरी तालिक केन्द्र जनकपुरका प्रमुख गोपाल चन्द भट्टराई ,जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजु सिद्धि बज्राचार्य नेपाल प्रहरी श्रीमति संघको अध्यक्ष लक्ष्मी कुँवर, मधेश प्रहरी श्रीमति संघका अध्यक्ष गरिमा कुमारी पोख्ररेल,मधेश प्रहरी श्रीमति संघका उपाध्यक्ष मिना गुरुङ, महादेवा गाउँपालीकाका अध्यक्ष सुनिल मण्डल, महादेवा गाउँपालिकाका उपाध्यक्ष अर्चान कुमारी यादव लगाएतको उपस्थिती रहेको थियो ।











