अल्पसंख्यक नागरिकहरुसँग निरन्तर अन्तरक्रिया गर्दै डीएसपी शिवराज बुढाथोकी
वि.सं.२०८१ असार १६ आइतवार १८:२०
shares

काठमाडौ । प्रहरी वृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवराज बुढाथोकीको प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम सम्पन्न धएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ को संयुक्त आयोजना र दिर्घ शान्ती सेवा समाजको सहकार्यमा बाग्मती करिडोर शान्तिनगर स्थित कृष्ण मन्दिरमा बाग्मती किनारमा बसोवास गर्ने अल्पसंख्यक, भूमिहिन, सुकुम्वासी र बिबिध कारणले राज्यको सेवा सुबिधाबाट बञ्चित रहेका व्यक्ति तथा समुदायहरूको गुनासो सुनुवाई गर्ने उद्देश्यले दिर्घ शान्ति सेवा समाजका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको हो ।
साथै कार्यक्रममा डीएसपी शिवराज बुढाथोकीले नेपाल प्रहरी सदैव यहाँहरूको शान्ति सुरक्षामा प्रतिवद्ध रहेको भन्दै जस्तोसुकै समस्या पर्दा प्रहरीलाई तुरुन्त सम्पर्क गर्न आग्रह गर्नु भएको थियो ।

































