सुरेन्द्र ढकाल प्रतिष्ठानको ११ औ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न
वि.सं.२०८१ भदौ १ शनिवार १८:५३
shares

काठमाडौ । सुरेन्द्र ढकाल प्रतिष्ठानको ११ औ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । २०८१ साल भाद्र १ गते आज शनिवार ११औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । अध्यक्ष सुरेन्द्र ढकालको अध्यक्षतामा उहाँका माता पिता स्वर्गिय वाशुदेव तथा रमादेवी ढकालको तश्विरमा माल्यापर्ण गरी आरंभ भएको साधारण सभाले अध्यक्ष ढकालले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिवेदन तथा लेखापरिक्षक पुरुषोत्तम पराजुलीद्धारा तयार गरिएको लेखा परिक्षणको प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।
साधारण सभाले इश्वरी प्रसाद भट्टराइ, प्रेम वली ढकलपुरे र सविता वस्नेत केसीलाई मानार्थ सदस्यता प्रदान गरेको थियो । त्यसै गरी महर्षि दीपक प्रतिष्ठान र ग्रेट हिमालयन फाउण्डेसनलाई प्रतिष्ठानसँगको आबद्धता पत्र प्रदान समेत गरेको थियो ।

साधारण सभामा मानार्थ सदस्यहरुले आफुहरु प्रतिष्ठानसंग जोडिन चाहेको कारण स्पष्ठ पार्नु भएको थियो भने नव आवध्द संस्थाहरुका प्रतिनिधिहरुले आफ्ना संस्थाहरु प्रतिष्ठानसंग आबद्ध हुन चाहेको कारण खुलाउनु भएको थियो । उक्त अवशर प्रतिष्ठानले रोटरी क्लव डिल्लिवजारलाई रु. ५६ हजारको सहयोग तथा किशोरीद्धय मानिका गुरुंग तथा प्रगति डंगोललाई वार्षिक छात्रवृत्ति स्वरुप प्रत्येकलाई रु १० हजार प्रदान गरेको थियो ।
साधारण सभामा आवध्द संस्थाहरुका तर्फबाट श्यामलाल तण्डुकार, इन्द्र राई, सागर निधि तिवारी, शंकर (वावा) प्रसाद पौडेल, भान्सा औषधालय प्रशिक्षण कार्यक्रमका सहभागीहरु तर्फबाट शारदा सिम्खडा, भाँन्सा औषधालयका प्रमुख अभियन्ता रोमलाल गिरी, प्रतिष्ठानका कार्यकारी परिषद सदस्य संझना पोखरेल शाह, मानार्थ सदस्य प्रभात पाण्डे तथा प्रतिष्ठानका सस्थापक सल्लाहकार प्रा डा. चन्द्र बहादुर जोशीले आआफ्ना मन्तब्य राख्नु भएको थियो । सभाको अन्त्यमा प्रतिष्ठानका उपाध्यक्ष डा. रोशाना श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद सहित सभा विसर्जन गर्नु भएको थियो ।


































