श्रमले दिएको आत्मसम्मान: न्यूनतम पारिश्रमीक भन्दा कममा काम गर्दा पनि खुसी छन् श्रमीकहरु
वि.सं.२०८२ पुस ८ मंगलवार १९:४४
shares

कपिलवस्तु ।कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका ३, निवासी रेनु चौधरी थारु २२ वर्ष पुगीन् । २० वर्षको उमेर सम्म उनी घरकै काम धन्दामा मात्र सिमित थिइन् । घरायसी काममा नै उनको दैनिकी बितिरहेको थियो । घरको परिस्थिती आर्थिक रुपमा दयनिय भएसँगै उनलाई आर्थिक आयआर्जनमा जोडिएर परिवारलाई सहयोग गर्न मन त थियो तर के गर्ने भन्ने विषयमा अनविज्ञ भएको बताउँछिन् । चौधरी भन्छिन्, हातमा केही सिप थिएन परिवारलाई सहयोग गरौ भन्दा पनि कसरी गरौ भन्ने कुरा नै मेरो चिन्ताको विषय थियो यत्तीकैमा घर नजिकैकोे राजापानी सामूदायिक वनमा ज्यालादारीमा गर्ने आह्वान आयो त्यस लगत्तै त्यहाँ काम गर्न फारम भरे अनि विस्तारै अहिले म त्यहाँ जागिरे सम्म भएको छु । अहिले मासिक १५ हजार कमाउँछु । एक रुपैयाले सहयोग गर्न नसकिरहेको म अहिले परिवालाई आवश्यक परे सबै भन्दा अघि म आफै सर्छु, घरमा, परिवारमा मलाई दिने सम्मान अहिले फरक छ । पहिले बोलाउँदा नहेर्नेहरु अहिले मलाई बोलाउदा आफू आत्मनिर्भर भएको महसुस हुन्छ र खुसीले मन गद्धगद्ध हुन्छ ।
केही पर्यो भने, म सँग आजभोलि सल्लाह पनि लिन थाल्नुभएको छ घरमा पहिले त मेरो कुरा खासै सुनिदैनथ्यो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–६ निवासी सद्धभामा चौधरी अहिले उक्त वडाको वडा सदस्य समेत रहेकी छिन् । उनले विगतमा महिलाहरुलाई गरेको सहयोग र महिला सशक्तिकरणका लागि गरेको निरन्तर प्रयासकै कारण यहाँ सम्म पुगेको बताउँछिन् । त्यती मात्र होइन्, फुर्सदको समयमा उनी महिलाहरुलाई आर्थिक आयआर्जन सँग जोढिएर आाफ्नो जिवनमा कसरी परिर्वतन ल्याउन सकिन्छ भन्ने जस्ता कुरामा समेत प्रशिक्षण दिन्छिन् । उनी भन्छिन्, “ घर धन्दा सकेस सामाजिक काममा त्यती कै सक्रिय हुनु महिलाहरुका धेरै ठूलो चुनौतीको विषय हो त्यही पनि यसरी समाजको लागि काम गर्न पाउँदा म असाध्यै खुसी छु, अझ महिलाहरुका लागि काम गर्न पाउँदा उनीहरुलाई समेट्ने बजेटमा आफ्ना कुरा राख्दा आनन्दको अनुभुति हुन्छ ।
जिल्लाको मायादेवी गाउँपालिका ३ बासिन्दा नरकुमारी मल्ल पनि घर नजिकै रहेको सामूदायिक वनमा काम गर्ने गर्छिन्, पहिले पहिले घरमा साना तिना काम गर्नुपर्यो भने पनि उनले आर्थिक जोहो गर्न श्रीमान् लगायत अन्य परिवारको सदस्यको भर पर्नु पर्थ्यो तर अहिले अवस्था फेरीएको छ । घरमा चाहिले खाद्यन्न जोहो उनी आफै गर्छिन् घरमा उनले पशुचौपायाको रेखदेख गरेर त्यहाँबाट पनि राम्रै आम्दानी गरीरहेकी छिन् । मासिक झन्डै १० दखि १५ हजार भइहाल्छ, उनी भन्छिन्, पहिले निर्वाह मुखी रुपमा घरमा गाई वस्तु पालीन्थ्यो तर अहिले त्यती मात्रमा सिमीत हुन परेको छैन, दुध उभ्रिएपछि म आफै दुध पुराउन पनि जान्छु घरमा दुई पैसा बचत पनि गरेका छौ, छोरा छोरी पनि राम्रै पढिरहेका छन् खासै चिन्ता अहिलेको परिस्थितीमा मलाई आगेको छैन् ।
त्यस्तै रुपन्देही जिल्ला ओमसतिया गाउँपालिकाकी ३३ वर्षीय गंगा राना अहिले क्यासीनोमा जागिरे छिन् । लामो समय उनले आफ्नै राना कस्मेटिक पसल नाम दिएर उनले व्यवसाय संचालन गरेकी थिइन् । जीवनको उर्वर समयको १० वर्ष उनले व्यवसायमा बिताइन् । ३ लाखको लगानीबाट उनले डल, कस्मेटिकको पसल सञ्चालन गरेकी थिइन् । त्यस समयमा उनले मासिक ३० हजार सम्म आम्दानी गर्ने गर्थिन् । श्रीमान् वैदेशिक रोजगारीमा आफू घरमा दुवैले राम्रै आम्दानी गरेर परिवार चलाइरहेका थिए । तर श्रीमानले अर्केसँग सम्बन्ध राखेपछि उनले औपचारिक सम्बन्ध बिच्छेद गर्नुपर्यो । घरपरिवार विहीन उनले नाबालक सन्तान र आफ्नो व्यवसाय दुबैलाई हेर्न सकिनन् । व्यवसायमा लगानीको सुनिश्चिता र परिवारको सहयोग नभएपछि उनले आफ्नो व्यवसायलाई छोड्नुपर्यो । उनी भन्छिन्,“ व्यवसाय एक्लैले नहुँदो रहेछ,। नियमित हेर्न नसक्दा आम्दानी घट्दै गयो, त्यसपछि धेरैले जागिर खाए आम्दानी थोरै भएपनि नियमित पैसा आउँछ भनेर सुझाव दिन थाले। नहुँदा हुँदै पनि व्यवसाय छाड्नुपर्यो ।” तर व्यवसाय गर्दा नै मैले आर्थिक रुपमा महिलाहरु आत्मर्निभर हुन कति आवश्यक छ भन्ने कुरा थाहा पाइसकेकी थिए । त्यतीबेला मैले आफै कमाएर आफू पालीने सक्ने हुनुपर्छ भन्ने बुझिसकेको थिए । आज म सँग सिप ज्ञान नभएको भए श्रीमान्को भरमा बसेको भए म र मेरो बच्चा दुबैको बिचल्ली हुन्थ्यो । कहिले २५ हजार हुन्छ, बिदा धेरै लियो भने तलब काटिन्छ त्यही १६ हजार जती हुन्छ । त्यती बेलादेखि श्रम गरेर आत्मर्निभर बन्नु पर्छ भन्ने कुरा मेरो मस्तिष्कमा बस्यो म अरुलाई पनि यही सुझाव दिन्छु, पहिले आफू आत्मर्निभर हुनुपर्छ त्यपछि बल्ल अरु कुरा सोच्नु पर्छ तर मलाई यती थाहा छ म जागिरको पैसा जम्मा गरेर म फेरी आफ्नै व्यवसायमा फर्कन्छु ।
कतिपय आर्थिक अवस्था कमजोर भएकै कारण महिलाहरू लगाव, इच्छा र मिहेनत हुँदा हुँदै पनि उनीहरू नव्यवसायीक बन्न सकेका छन् न आफ्नो श्रमलाई निरन्तर आर्थिक आयआर्जन सँग जोड्न सकिरहेका छैन । तिनै मध्येको एक हुन् रुपन्देहीकी कमला न्यौपाने । विगत २ वर्षदेखि घरमै, अचार, सुत्केरी मसला बनाएर उनले आफ्नो परिवारलाई सघाउने प्रयासमा छिन् । न्यौपाने भन्छिन्, “व्यवसायीक रुपमा आफ्नै व्यवसाय गर्ने इच्छा त छ तर आर्थिक अवस्था कमजोर छ तर पनि जति छ पहिले भन्दा धेरै फरक छ । आस्था महिला समूहले दिएको तालिमलाई मैले निरन्तरता दिए । त्यसै संस्थामा अहिले म पनि निरन्तर सदस्य कै रुपा काम गरीरहेकी छु ।
परिवारलाई धेरै थोरै सघाउन सकिरहेको छु । मैले आफैले उत्पादन गरेको अचार, महोत्सव, साना मेलामा पनि लगेर स्टल राख्छु त्यहाँ पनि महिलाले उत्पादन गरेको भनेर धेरै ग्राहकहरुले सकरात्मक रुपमा लिनुहुन्छ । अझै निरन्तरता दिन धेरै प्रेरित पनि गर्नुहुन्छ । आफैले १२ देखि १५ हजार बनाउँछु । पहिले पहिले यस्तो अचार बनाएर पनि के हुन्छ? भनेर भन्नेहरुले नै मबाट सामान खरीद गरेर लैजानुहुन्छ थोरै भएपनि निरन्तरता दिइरहेको छु आशा छ केही समय पछि परिस्थिती फेरिने छ ।”

















