स्ववियूले पुष १४ गते बानेश्वर बहुमुखी क्याम्पसमा विषेश कार्यक्रम गर्दै, प्रचण्ड सहभागी हुने

बानेश्वर बहुमुखी क्याम्पसमा सम्मान तथा स्वागत कार्यक्रम आयोजना

5.24K
shares

यसै अवसरमा क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम समेत आयोजना गरेकाे स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारीले बताए । विद्यार्थी नेतृत्व, खेलकुद र संगठनात्मक योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो।

उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनको निमन्त्रणालाई स्वीकार गर्दै गणतन्त्र नेपालका प्रथम पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने भएको छ।

कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवाला महानुभावहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियनले पुष १४ गते सम्पूर्णलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

 


divya collage
unigloble collage