कोलकाता सँग बेंगलोर ६ विकेटले पराजित

२०७५ वैशाख १७ सोमवार
1.6K
shares
काठमाडौ। इन्डियन प्रिमियर लिगमा (आइपिएल) मा आइतबार कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।
घरेलु टोली बेंगलोरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै प्राप्त गरेको थियो । कोलकाताको जितमा अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नटआउट ६२ रनको योगदान दिए । उनले ५२ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे ।
दिनेश कार्तिकले २३ तथा उपकप्तान रोबिन उथप्पाले ३६ रन बनाए। सुनिल नाराइनले २७ रन जोडेका थिए। बेंगलोरका मुर्गन आश्विन र मोहमद सिराजले २र२ विकेट बाँडे पनि त्यो जितका लागि पर्याप्त रहेन ।
यस अघि पहिलो ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७५ रन जोडेको थियो। उसका लागि कप्तान विराट कोहलीले नटआउट ६८ रन जोडे पछि बेंगलोर बलियो योगफल तर्फ अग्रसर भएको थियो ।

२०७५ वैशाख १७ सोमवार