कप्तान पारस खड्का टि-ट्वान्टी क्रिकेटको ४१ औं बरियतामा पर्न सफल

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपालका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि-ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा पर्न सफल भएका छन् ।

कप्तान पारस ब्याटिङ, र अलराउन्डर गरी तीन मध्ये २ वटा विधाको बरियतामा पर्न सफल भएका हुन् । उनी अलराउन्डरमा ४१औं स्थानमा रहेका छन् । उनले इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली, इमाद वासिम जस्ता विश्वचर्चित खेलाडीलाई पछि पारेका छन् ।

त्यस्तै, कप्तान पारस ब्याटिङमा ९३औं स्थानमा उक्लिएका छन् । पारसले वेष्ट इन्डिजका एन्ड्रे रुसेल, कैरोन पोलार्ड, अष्ट्रेलियाका क्रिस लिन जस्ता खेलाडीलाई पछि पारेका छन् । त्यस्तै, नेपालको युवा बलर सोमपाल कामी पनि टि-ट्वान्टी क्रिकेटको दुबै विधामा परेका छन् । सोमपाल बलिङतर्फ ९४ औं स्थानमा छन् भने अलराउन्डरमा ६४ औं स्थानमा रहेका छन् ।

त्यस्तै बलिङतर्फ नेपालकै बसन्त रेग्मी पनि पर्न सफल भएका छन् । बसन्त ७५ औं स्थानमा छन् । टि-ट्वान्टी क्रिकेटको ब्याटिङ बरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम रहेका छन् । त्यस्तै, बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान रहदा अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल रहेका छन् ।


“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

२०८१ पुस ७ आइतवार

काठमाडौ । “४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को...

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस ५ शुक्रवार

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई...

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

२०८१ पुस १ सोमवार

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय YCL का इन्चार्ज राम...

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

२०८१ मंसिर १८ मंगलवार

काठमाडौ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको...

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप अन्तरविद्यालय...

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड...