राइनो संरक्षण गोल्डकपको उपाधि भिडन्त आज

२०७५ कात्तिक २९ बिहीवार
852
shares
नवलपरासी । नवलपरासीमा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि आज विभागीय नेपाल पुलिस र च्यासल युथ क्लब भिड्ने भएका छन् । उपाधि रक्षा गर्ने दाउका साथ यी दुइ टोली कोल्हुवास्थित राईनो रगंशालामा दिउसो साढे १ बजे मैदान उत्रने छ ।
हिमालयन शेर्पालाई ४–० गोल अन्तरले पराजित गर्दै च्यासलले पुलिससँगको भेट पक्का गरेको हो । यस्तै वीरगञ्ज युथ एकेडेमीलाई १–० ले हराउँदै पुलिसले फाईनलमा स्थान बनाएको थियो । ए डिभिजनका ६ सहित १२ टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५५ हजार रुपैयाँ हात पार्नेछन् ।

२०७५ कात्तिक २९ बिहीवार