ट्रान्सफर्मर पड्किएर ठूलोभर्‍याङमा आगलागी

5.3K
shares

काठमाडौं । विद्युत्त ट्रान्सफर्मर पड्किएर काठमाडौंको ठूलोभर्‍याङमा बिहीबार बिहान आगलागी भएको छ । ट्रान्सफर्मर पड्किएपछि निस्किएको आगोको मुस्लोले नजिकैको राजेन्द्रमान शाक्यको घरमा समेत क्षति पुगेको छ ।

तर, स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको स्वयम्भू प्रहरीका डीएसपी सुधीरराज शाहीले जानकारी दिए । शाहीका अनुसार, बिहान ७ बजे लागेको आगलागीबाट शाक्यको घरको एउटा कोठामा सामान्य क्षति पुगेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083