किन भेला हुँदैछन ११ देशका भू-वैज्ञानिक काठमाडौंमा ?

वि.सं.२०७५ कात्तिक २९ बिहीवार ०९:५४
shares

काठमाडौँ । मंसिर पहिलो साता ११ देशका भू–वैज्ञानिकहरु काठमाडौंमा भेला हुँदैछन् । नेपाल भौगर्भिक समाजले गरेको नवौं भौगर्भिक सम्मेलनमा नेपालसहित अमेरिका, जापान, बेलायत, इटली, स्विटजरल्याण्ड, अष्ट्रिया, बेल्जियम, चीन, भारत, बंगलादेशबाट १ सय ८० वैज्ञानिक सहभागी हुनेछन् ।
३ देखि ५ मंसिरसम्म काठमाडौंमा हुने सम्मेलनमा खनिज तथा अन्य भौगर्भिक सम्पदा अन्वेषण र उत्खनन्, निर्माण सामाग्री उत्खनन्, खनिजजन्य उद्योगका समस्या र निराकरण विपद् जोखिम न्यूनिकरण र प्रकोप स्तरीकरण, पूर्वाधार तथा अन्य भौतिक विकास, पहिरो, भुकम्प र बाढी जोखिम न्यूनिकरणका उपायका बारेमा विशेषज्ञहरुले प्रस्तुति दिनेछन् ।
‘संसारभरका चलेका पछिल्ला प्रविधिको कुशलता तथा ती प्रविधिको आयातमा सम्मेलनले सहयोग गर्ने अपेक्षा गरिएको छ’ ढकालले भने, ‘एक अर्को देशबीच अनुभव साटासाट समेत हुनेछ ।’ भुकम्पपछि विभिन्न जिल्लामा पहिरोको स्थिती, स्तरीकरण, भुकम्पको प्रकृति र भविष्यको तयारी, भूमिगत जल व्यवस्थापन तथा पूर्वाधार विकास सम्बन्धमा अहिलेसम्म भएका अनुसन्धानका निचोडबारे पनि प्रस्तुति रहनेछ ।