ए डिभिजन लिग : थ्रि–स्टारको शानदार जित, ब्रिगेड ब्वाइज ५–१ ले पराजित

5.12K
shares

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा थ्रि–स्टारले शानदार जित हात पारेको छ। आइतबार अपरान्ह एन्फा कम्प्लेक्स मैदानमा सम्पन्न खेलमा थ्रि–स्टारले ब्रिगेड ब्वाइजविरुद्ध ५–१ को जित निकालेको हो।

पहिलो हाफमा एक गोलको अग्रता लिएको थ्रि–स्टारले दोस्रो हाफमा लगातार ४ गोल गरेको थियो। ब्रिगेड ब्वाइजले भने खेलमा एक सान्त्वना गोल फर्काउन सफल भयो।

थ्रि–स्टारले ब्रिगेड ब्वाइजविरुद्ध पेनाल्टीमार्फत सुरुवाती गोलको अग्रता लिएको थियो। खेलको आठौं मिनेटमा ब्रिगेड ब्वाइजका रणदिप पौडेलले निराजन खड्कालाई लडाएपछि थ्रि–स्टारले पेनाल्टी पाएको थियो। पेनाल्टीमा रन्जित धिमालले सहज गोल गरेका थिए। यस्तै थ्रि–स्टारका लागि सुनिल बलले खेलको ५२ औं मिनेटमा दोस्रो गोल गर्दा ७५ औं मिनेटमा ब्रिगेड ब्वाइजले एक गोल फर्काएको थियो।

राजन तिवारीले आकर्षक गोल गरेका थिए। त्यसपछि खेलको ८५ औं मिनेटमा थ्रि–स्टारका लागि रन्जन विष्टले तेस्रो गोल गरेका थिए। ३–१ को अग्रता लिइसकेको थ्रि–स्टार फेरी गोलगर्न सफल भयो।

खेलको ९० औं मिनेटमा निराजन खड्काले डिबक्स बाहिरबाट आकर्षक गोल गरेका थिए। खेल ४–१ मै सम्पन हुने अनुमान गरिएपछि अतिरिक्त समयमा थ्रि–स्टारका विक्रम लामाले उत्कृष्ट गोलगर्दै टोलीलाई ५–१ को जित दिलाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083