यी विश्वकीर्तिमानको नजिक छन् रोहित, आगामी हप्ता पाउलान सफलता ?

5.93K
shares

एजेन्सी । भारतीय क्रिकेट टोलीले अस्ट्रेलियासँग समान तीन टी–२०, वान डे र चार टेस्ट श्रृंखला खेल्दैछ । आगमी २१ नोभेम्बरमा पहिलो टी–२० क्रिकेट खेल्दै भारतले अस्ट्रेलिया भ्रमण शुरुआत गर्नेछ । टी–२० क्रिकेट श्रृंखला शुरुहुनु अघि भारतीय क्रिकेट टोली र रोहित शर्मालाई आफ्नो नाममा रेकर्ड बनाउन सक्ने सुनौलो अवसर रहेको छ ।

बल टेम्परिङ काण्डका कारण एक वर्षे प्रतिबन्ध खेपिरहेका पुर्व कप्तान स्टिभ् स्मिथ र डेविड वार्नर टिम बाहिर हुदाँ अस्ट्रेलिया ४० बर्ष यताकै खराव अवस्थामा छ । भारतले अहिलेसम्म अस्ट्रेलियामा टेस्ट श्रृंखला जित्न सकेको छैन । यस पटक वार्नर र स्मिथ नहुनुको फाइदा उठाउँदै भारतले टेस्ट श्रृंखला जिते नयाँ इतिहास रच्ने छ । टिम इन्डियाको मात्र होइन ओपनर तथा सिमित ओभरको खेलमा राजा मानिने रोहित शर्मालाई पनि टी– २० श्रृंखलामा नयाँ विश्व रेकर्ड बनाउने राम्रो अवसर छ ।

आईसीसी अन्तर्राष्ट्रिय टी – २० क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बन्न रोहित शर्मा अव मात्र ६५ रन टाढा रहेका छन् । टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने शिर्ष स्थानमा न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टील रहेका छन् । गुप्टीलले ७५ खेलमा २ हजार २ सय ७१ रन बनाएका छन् । रोहितले ८७ खेलमा २ हजार २ सय ७ रन बनाई सकेका छन् ।