शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत

7.12K
shares

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टोली एपिएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। यस जीतसँगै ब्रिगेड ब्वाइवले अङ्क तालीकामा तीन अङ्क बटुलेको छ।

ब्रिगेड ब्वाइजको जीतमा मनोज राई, काजुदीन आदुनी र काजीम आदीबोकेले गोल गरे। खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा पहिलो अग्रता भने एपिपएफले लिएको थियो। खेलको दोस्रो हाफको ६० औँ मिनेटमा एपिएफले रूपबहादुर लामाको गोलमार्फत अग्रता लिएको थियो। लामाले गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै ब्रिगेड ब्वाइजका मनोजले एक गोल फर्काएर खेललाई बराबरीको स्थितिमा ल्याए । उनले करिब २० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो।


divya collage
unigloble collage