‘फिदा हुसेन’लाई शहीद घोषणा गर्न कांग्रेसको माग

7.03K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको दुहबीमा गोली हानी हत्या गरिएका फिदा हुसेनलाई शहीद घोषणा गर्न माग गरेको छ।

कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै निर्दोषलाई दिनदाहाडै गोली हानी हत्या गर्दासमेत सरकारले अपराधी पक्राउ गर्न नसकेको आरोपसमेत लगाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको जीउधनको सुरक्षा गर्न असमर्थ सरकारको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ। अपराधीलाई पक्राउ गरी कानुनको दायरामा ल्याउन, मृतक फिदा हुसेन मियाँलाई शहीद घोषणा गर्न तथा आम नागरिकमा शान्ति सुरक्षाको प्रात्याभुत गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

बुधवार बिहान हत्या भएका नेपाल विद्युत् प्राधिरणमा काम गर्ने हुसेनको घटनालाई सीआईबीले छानबिन थालेको सरकार जनाएको छ। मृतक हुसेनको परिवारलाई सरकारले १० लाख दिने र परिवारलाई रोजगारी दिने निर्णय घोषणा गरिसकेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083