ला लिगा : बार्सिलोनालाई पछि पार्दै सेभिया शिर्ष स्थानमा

4.29K
shares

काठमाडौं । स्पेनिस लिग फुटबलको अंक तालिकामा सेभिया शिर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा रियाल भालाडोलिडलाई १-० ले हराउँदै सेभियाले तालिकामा शिर्ष स्थानमा रहेको बार्सिलोनालाई उछिनेको छ । खेलको ३० औं मिनेटमा आन्द्रे सिल्भाले गरेको गोल सेभियालाई विजयी गराउन पर्याप्त बन्यो । अन्य खेलहरुमा भियारियालले रियाल बेटिसलाई २-१ ले हराउँदा जिरोनाले इस्पानियोललाई ३-१ ले पराजित गरेको थियो ।

स्पेनिस लिगको अंक तालिकामा १३ खेलबाट २६ अंक जोड्दै सेभिया शिर्ष स्थानमा उक्लिएको छ । ला लिगाअन्तर्गत गएराती भएका समान खेलबाट २५ अंक जोडेको बार्सीलोना भने दोस्रो स्थानमा झरेको छ ।

२४ अंकसहित एट्लेटिको मड्रिड तेस्रो तथा २३ अक जोडेको आलाभेस चौथो स्थानमा छ । २० अंक जोडेको रियाल मड्रिड छैटौं स्थानमा रहेको छ ।


Mitsubishi Long Ad