महिला विश्वकप क्रिकेटको छनोट फागुनमा

4.68K
shares

काठमाडौं । सन् २०२० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट आगामी फागुनमा हुने भएको छ । थाइल्याण्डमा आयोजना हुने उक्त छनोट खेल आगामी फागुन ६ देखि १५ गतेसम्म हुनेछ । छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब ईमिरेटस् युएई, मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने सो छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट र आइसिसी महिला विश्वकप २०२० मा स्थान बनाउने छन् । छनोटको खेल तालिका भने सार्वजनिक भएको छैन।

यसैबीच छनोट प्रतियोगितामा सहभागी हुने नेपाली महिला टोलीले आगामी बुधवारदेखि प्रशिक्षण शुरु गर्ने नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083