काठमाडौंमा २५ गतेदेखि २८ गतेसम्म महिला भलिबल प्रतियोगिता हुने

4.49K
shares

काठमाडौँ । यही पुस २५ गतेदेखि २८ गतेसम्म काठमाडौंको नैकापमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ। न्यू डाईमण्ड स्पोर्टस् क्लवले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही पुस २५ गते बुधबारदेखि ‘न्यू डाइमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ आयोजना गर्न लागिएको जानकारी गराएको हो।

न्यू डाईमण्ड एकेडेमीको कोर्टमा आयोजना हुने प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिए। प्रतिगितामा सहभागी हुने टोलीहरुमा न्यू डाईमण्ड एकेडेमी, नेपाल एपीएफ क्लव, त्रिभुवन आर्मी क्लव, टप्स मावि पोखरा, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन टाइग्रेस, पारामाउण्ट स्कुल कुलेश्वर र नेपाल पुलिस क्लव रहेका छन्।

प्रतियोगितामा सहभागी हुने काठमाडौं उपत्यका बाहिरका टोलीलाई आयोजक संस्थाले खाना र बस्नको प्रबन्ध गर्नेछ। प्रतियोगिताको बिजेताले नगद ३ लाख १ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन। उपविजेतालाई २ लाख १ हजार नगदसहित सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने पनि प्रतियोगिताका संयोजक राईले जानकारी दिए।

त्यसैगरी प्रतियोगितामा तृतीय हुनेलाई नगद १ लाख १ हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने चौथो हुनेलाई ५१ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार पुरस्कार दिने व्यवस्था पनि गरिएको आयोजक संस्था न्यू डाईमण्ड स्पोर्टस् क्लवले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083