राष्ट्रियसभा बैठक : वाइडबडी विमान प्रकरणपछि मन्त्री अधिकारीको राजीनामा माग

4.85K
shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ। नेपाली काँग्रेस राष्ट्रिय सभाकी सांसद विन्दादेवी आलेले वाइडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी हुन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले सो विमान खरिदमा भएको अनियमिततासम्बन्धि छानवीन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने तर्क समेत गरिन्।

उनले ४ अरव ३५ करोड सो वाईडबडि विमान खरिद प्रकरणका दोषीलाई कार्वाही गर्नुको साटो छानवीन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गरिन्।

काँगे्रस सांसद आलेले वाईडबडि विमान खरिदमा संसदीय उपसमितिले दोषी ठह¥याएकाहरुलाई तत्काल कार्वाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले सो वाइडबडि विमान खरिद आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई पनि कार्वाही गर्न सिफारिस गरेको थियो।


divya collage
unigloble collage