मोरटाको दुई गोलसँगै चेल्सी एफए कपको चौथो चरणमा प्रवेश
वि.सं.२०७५ पुस २२ आइतवार १५:५०
5.97K
shares
shares

काठमाडौं । चेल्सी इंग्लिस एफए कप फुटबलमा फोरेष्ट क्लबलाई पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले फोरेष्टलाई २–० गोलले पराजित गर्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो । चेल्सीको जितमा अल्भारो मोरटाले दुई गोल गरे । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेको थियो । तर खेलको दोस्रो हाफमा भने चेल्सीले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । खेलको ४९औं मिनेटमा चेल्सीका लागि मोरटाले गोल गर्दै अग्रता दिलाएका थिए । उनले खेलको ५९ औं मिनेटमा अर्को गोल गर्दै चेल्सीलाई दोब्बर अग्रत दिलाए ।
बाँकी समयमा दुवै टिमले गोल गर्न सकेनन् । सुरुवाती समयदेखि नै बल नियन्त्रणमा आफ्नो पकड बनाएको चेल्सीले खेलअवधिभर फोरेष्टलाई दबावमा राखेको थियो ।






























