७२ वर्षपछि अष्ट्रेलियाको भूमिमा भारतलाई सफलता

4.15K
shares

एजेन्सी । भारतले अस्ट्रेलियाविरुद्ध ७२ वर्षपछि टेष्ट सिरिजमा जित हासिल गरेको छ। सिड्नीमा भएको चौथो तथा अन्तिम टेष्ट वर्षाका कारण बराबरीमा सकिएपछि भारतले अष्ट्रेलियाको भूमिमा इतिहास रचेको हो। भारतले टेष्ट सिरिज २-१ ले आफ्नो नाममा पार्न सफल भयो। भारत ७२ बर्षपछि अष्ट्रेलियाको भुमिमा जित रच्न सफल भएको छ।

सिड्नी टेष्टमा १ सय ९३ रन बनाएका चेतेश्वर पूजारा म्यान अफ दी म्याच घोषित भए। उनैलाई म्यान अफ दी सिरिजको समेत अवार्ड प्रदान गरियो। पूजाराले चार टेष्टको सिरिजमा कुल ५ सय २१ रन बनाएका थिए । ७२ वर्षको इतिहासमा भारतको कुनै टिमले अष्ट्रेलियाको भुमिमा टेष्ट सिरिज जित्न सकेको थिएन। विराट कोहली कप्तानीको भारतले इतिहास रच्न सफल भयो। भारले एडिलेटमा भएको पहिलो टेष्ट ३१ रनले जितेको थियो। पर्थमा भएको दोस्रो टेष्टमा अष्ट्रेलियाले भारतलाई १ सय ४६ रनले हराएको थियो। मेलवर्नमा भएको तेस्रो टेष्ट १ सय ३७ रनले जित्दै भारत २–१ ले अगाडी बढेको थियो।

सिड्नीमा चौथो टेष्ट बराबर भएपछि भारतले सिरिजमाथि कब्जा गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ६ सय २२ बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो। फलो अनमा परेको अस्ट्रेलिया हार नजिक रहँदा पाँचौ दिन लन्च ब्रेकपछि वर्षाले खेल रद्ध भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083