वोल्भ्समाथि म्यानचेष्टर सिटीको सहज जित, जेससको दुई गोल

4.84K
shares

काठमाडौं । गाब्रियल जेससको दुई गोलसँगै म्यानचेष्टर सिटीले वोल्भ्सलाई पराजित गरेको छ । यससँगै उसले लिग लिडर लिभरपुलसँगको अंक दूरी ४ मा झारेको छ ।

सोमबार राति भएको खेलमा म्यानचेष्टर सिटीले वोल्भ्सलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले दशौं मिनेटमा जेससको गोलबाट अग्रता लिएको थियो । खेलको १९ औं मिनेटमा भ्रमणकारी टोलीलाई झड्का लाग्यो । उसका बोली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भयो ।

३९ औं मिनेटमा पाएको पेनाल्टीमा जेससले नै गोल गरेपछि पहिलो हाफमा सिटी २–० ले अगाडि रह्यो । खेलको ७८ औं मिनेटमा कोडीले आत्मघाती गोल गरेपछि म्यानचेष्टर सिटी ३–० गोलले विजयी भएको छ ।

जितसँगै उसको २२ खेलबाट ५३ अंक भएको छ । समान खेलबाट ५७ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । ११ औं स्थानमा रहेको वोल्भ्सको २९ अंक छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083