विराट कोहली एकसाथ आइसीसीको तीन अवार्ड पाउने पहिलो खेलाडी

4.89K
shares

बीबीसी । भारतीय कप्तान विराट कोहली सन् २०१८ को उत्कृष्ट क्रिकेट खेलाडीका साथसाथै वर्षका उत्कृष्ट टेस्ट र एकदिवसीय क्रिकेट खेलाडी घोषित भएका छन्। उनी ती तीनै अवार्ड जित्ने पहिलो खेलाडी हुन्। ती अवार्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले प्रदान गर्छ। यी अवार्डहरूसँगै कोहलीलाई वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू सम्मिलित टेस्ट र एकदिवसीय क्रिकेट टोलीको कप्तान पनि घोषणा गरिएको छ।

घोषित दुबै टोलीमा आयरल्यान्ड र जिम्बाब्वेका कोही पनि खेलाडी परेनन् भने टेस्ट टोलीमा इङ्गल्यान्ड, बाङ्ग्लादेश र अफगानिस्तानका खेलाडी परेनन्। एकदिवसीय टोलीमा अष्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र पाकिस्तानका खेलाडी अटाएनन्।

कोहलीको प्रदर्शन

तीस वर्षिय कोहलीले सन् २०१८ मा १३ टेस्ट खेल खेल्दै १३२२ रन बनाएका थिए भने १४ एकदिवसीय खेलहरूमा १२०२ रन बनाएका थिए। उनले टेस्टमा पाँच सहित जम्मा ११ शतक प्रहार गरेका थिए। वरीयताक्रममा कोहली टेस्ट र एकदिवसीय दुबैका ब्याट्सम्यानहरूमध्ये शीर्षस्थानमा छन्।

अद्‌भुत महसुस भइरहेको छ, यो वर्षभरि गरेको मेहनतको प्रतिफल हो। कोहलीले भने, म साच्चैनै कृतज्ञ छु। मैले र टोलीले गरेको राम्रो प्रदर्शन गर्न सकेकोमा एकदमै खुशी छु।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083