नेपाललाई ब्याटिङको निम्तो, खेल १० ओभरको हुने
वि.सं.२०७५ माघ २० आइतवार १७:००
5.34K
shares
shares

काठमाडौं । यूनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
वर्षाका कारण झन्डै २ घन्टा खेल अवरुद्ध भएको थियो । नेपाली टोलीमा प्रदीप ऐरीको स्थानमा विनोद भन्डारी आएका छन् । खेल १० ओभरको हुनेछ ।
तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला १–१ को बराबरीमा छ । पहिलो खेल यूएईले २१ रनले जितेको थियो भने दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।






























