अलाभेसमाथि रियल मड्रिडको सहज जित
वि.सं.२०७५ माघ २१ सोमवार १६:१८
4.39K
shares
shares

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा अलाभेसलाई पराजित गरेको छ । आइतबार राति आफ्नै घरेलु मैदानमा सम्पन्न खेलमा रियलले अलाभेसलाई ३–० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा, भिनिसियस जुनियर र मारियानोले गोल गरे ।
खेलको ३०औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनकै गोलमा रियलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा रियलले थप दुई गोल गर्न सफल भयो । रियलका लागि खेलको ८०औं मिनेटमा जुनियरले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा मारियानोले गोल गर्दै रियललाई ३–० गोलको जित दिलाए ।
जितसँगै रियलले २२ खेलबाट ४२ अंक बनाएको छ । पराजित अलाभेसको भने २२ खेलबाट ३२ अंक रहेको छ ।



























