मुलुकलाई समृद्ध बनाउन ‘थिंक ट्यांक’ जरुरी : उपराष्ट्रपति पुन

4.69K
shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकलाई समृद्ध बनाउन ‘थिंक टयाङ्क’को जरुरी रहेको बताएका छन् । उपराष्ट्रपति पुनले जनतालाई सुखी र समृद्ध बनाउन उनीहरुको श्रम र विवेकलाई प्रविधिसँग जोडेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

सोमबार काठमाडौंमा ‘खबरहव डटकम’ अनलाइन उद्घाटन गर्दै उनले सूचना प्रविधिको युग सुरु भएको उल्लेख गर्दै त्यसको उचित व्यवस्था नगरेसम्म मुलुकमा विकास निर्माणको कामले गति लिन नसक्ने बताए । उपराष्ट्रपति पुनले मुलुकको समृद्धिका लागि सही नीति र सही सूचनाको पनि आवश्यक्तामा जोड दिए ।  उनले जनतालाई सचेत गराउन सही सूचना सम्प्रेषण गर्न पनि संचारमाध्यामहरुको ध्यानाकर्षण गराए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083