आइसीसी टि–२० बरियतामा स्पिनरको कब्जा, टप १२ बलरमध्ये ११ स्पिनर

5.25K
shares

काठमाडौं। टि–२० क्रिकेटको बलिङ बरियतामा स्पिन बलरहरुले कब्जा गरेका छन् । आइसीसीको नयाँ बरियताअनुसार उत्कृष्ट १२ टि–२० बलरमध्ये ११ जना बलर स्पिनर छन् । टप १२ को सूचीमा १ जनामात्र मिडियम पेस बलर परेका छन् । फास्ट बलरले टप १२ मा स्थान बनाउनै सकेनन् ।

लामो समयदेखि टि–२० बलिङ बरियतामा शीर्ष स्थानमा रहेका अफगानिस्तानका राशिद खानले अहिले पनि शीर्ष स्थान कब्जा गरेका छन् । राशिदको रेटिङ ७९३ छ । ७५२ रेट्रिसहित पाकिस्तानका शदाब खान दोस्रो स्थानमा छन् । ७१४ रेटिङ भएका भारतका कुलदीप यादवले तेस्रो स्थान ओगटेका छन् ।

चौथो स्थानमा न्यूजिल्याण्डका इश सोधी, पाँचौं स्थानमा इङल्याण्डका अदिल राशिद, छैटौं स्थानमा अस्ट्रेलियाका एडम जाम्पा, सातौं स्थानमा बंगलादेशका शाकिब अल हसन, आठौं स्थानमा पाकिस्तानका फहिम अशरफ, ९ औं स्थानमा पाकिस्तानका इमाद वसीम, १० औं स्थानमा दक्षिण अफ्रिकाका इमरान ताहिर, ११ औं स्थानमा भारतका युजवेन्द्र चहल र १२ औं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।

यी बलरहरुमध्ये आठौं स्थानमा रहेका पाकिस्तानका फहिम अशरफ मात्र मिडियम पेसर हुन् बाँकी सबै स्पिनर हुन् । शीर्ष १२ मा सबैभन्दा बढी पाकिस्तानका ३ जना बलर परेका छन् । अफगानिस्तान र भारतका २–२ जना बलर परेका छन् । न्यूजिल्याण्ड, इङल्याण्ड, अस्ट्रेलिया, बंगलादेश र दक्षिण अफ्रिकाका १–१ जना मात्र बलर शीर्ष १२ मा परेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083