लिभरपुलका स्ट्राइकर सलाहलाई अभद्र व्यवहार गर्नेमाथि अनुसन्धान गरिने

4.65K
shares

एजेन्सी। गएको सोमबार लण्डन क्लव वेस्टह्याम र लिभरपुलबीच भएको खेलमा लिभरपुलका स्टार स्ट्राइकर मोहमद सलाहमाथि अभद्र टिप्पणी भयो । उनलाई मुस्लीम भनिएको थियो । उनीमाथि गरिएको टिप्पणी धार्मिक हिंसा भएको भन्दै वेस्टह्यामले त्यसको अनुसन्धान गरिने जनाएको छ ।

सोमबार भएको सो खेल १–१ को बराबरी टुटिंगएको थियो । लिग लिडर लिभरपुल सो खेलमा जित निकाल्न नअसफल भए पनि आफ्नो अपराजित यात्रालाइ कायम राख्न भने सफल भएको थियो । खेलका क्रममा सलाह कर्नरमा आफ्नो फ्यानसँग कुरा गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सो भिडियोमा कसैले उनलाई मुस्लिम भन्दै अभद्र टिप्पणी पनि गरेको छ ।

वेस्टह्यामले सो टिप्पणी गर्नु खेलभावना विपरित भएको भन्दै आफ्नो क्लव समावेसी भएको बताएको छ । आफ्नो क्लवमा यस प्रकारको टिप्पणी अस्वीकार्य रहेको बताएको छ । उसले यो विषयमा दोषी फेला परे उसलाई आजीवन लण्डन क्लव स्टेडियममा प्रतिबन्ध लगाउनेसमेत बताएको छ । उसले भनेको छ, ‘यसप्रकारको टिप्पणी गर्नेलाई लण्डन क्लवमा कुनै स्थान छैन ।

उसले शून्य सहिनसिलताका आधारमा जोसुकै समर्थक भए पनि कारबाही गरिने जनाएको छ । लण्डन प्रहरीले पनि यस विषयमा वेस्टह्यामले सहयोग गरे कारबाही गरिने जनाएको छ । सलाहले जारी सिजनमा सबैभन्दा धेरै गोल ३२ गरेका छन् । उनी वर्ष प्रीमियर लीग खेलाडी अवार्डका लागिसमेत मनोनित छन् । उनले कीर्तिमानी ३८ खेलमा ३२ गोल गरिसकेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083