मेलबर्न रेनेगेट्सले जित्यो बिग ब्यासको उपाधि, सन्दीपको टिम पराजित

4.65K
shares

काठमाडौं । बिग बास लिगको उपाधि नेपाली युवा बलर सन्दीप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्सलाई १३ रनले हराउँदै मेलबर्न रेनेगेट्सले जितेको छ। मेलबर्न रेनेगेट्सले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रनमात्रै बनाउन सक्यो। मेलबर्न स्टार्सका लागि बेन डुङकले ५७ र स्टोइनीसले ३९ रन बनाएपनि हार टार्न सकेनन्।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको मेलबर्न रेनेगेट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। मेलबर्न रेनेगेट्सका लागि टम कुपरले ४३ रन र डेनियल क्रिसीयनले ३८ रन बनाएका थिए।

विग बासको सेमीफाइनल र फाइनलमा भने नेपाली स्टार बलर सन्दीपले विकेट लिन सकेनन्। फाइनलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चेर कसीलो बलिङ गरेपनि विकेट लिन सफल भएनन्। त्यसअघि सन्दीपले ७ खेलमा ६.९७ को औषतमा ११ विकेट लिएका थिए। उनले उत्कृष्ट बलिङ भने ११ रन खर्चेर ३ विकेट लिनु थियो। सुरुवाती ४ खेलमा सन्दीपको प्रर्दशन उत्कृष्ठ रहेपनि पछिल्ला ४ खेलको प्रर्दशन भने औषत थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083