मेस्सीको ५०औं ह्याट्रिकमा बार्सिलोनाको सहज जित

4.07K
shares

काठमाडौं। कप्तान लियोनल मेस्सीले बार्सिलोनाका लागि ५०औं ह्याट्रिक गोल गरेका छन्। उनकै ह्याट्रिक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित हात पारेको छ।

शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले सेभियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो। मेस्सीले ह्याट्रिक गोल गर्दा लुइस स्वारेजले एक थपे। यता, सेभिया लागि जेसस नाभास र गाब्रियल मेर्काडोले समान १–१ गोल गरे। २२औं मिनेटमा नाभासले गोल गर्दै घरेलु सेभियालाई अग्रता दिलाएका थिए। त्यस्तै, २६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए। मेर्काडोले खेलको ४२औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म सेभियालाई २–१ गोलको अग्रता दिलाएका थिए।

पहिलो हाफमा २–१ गोलअन्तरले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्दै जित निकालेको हो। ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरी दिलाए। त्यस्तै, उनले ८५ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। खेलको अतिरिक्त समयमा स्वारेजले गोल गर्दैै बार्सिलोनालाई ४–२ गोलको जित दिलाएका हुन्।

शीर्ष स्थानमा रहेको बार्सिलोनाले २५ खेलबाट ५७ अंक बनाएको छ। पराजित सेभियाको ३७ अंक छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083