लेभान्टेविरुद्ध रियल मड्रिडको सघंर्षपूर्ण जित

8.42K
shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्टे माथि कठिन जित हात पारेको छ। आइतबार राति भएको खेलमा रियलले लेभान्टेलाई उसैको घरेलु मैदानमा २-१ गोलअन्तरले पराजित गरेको हो। रियलको जितमा करिम बेन्जिमा र ग्यारेथ बेलले गोल गरे। लेभान्टेका लागि भने रोजर मार्टीले गोल गरेका थिए।

खेलको ४३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रियल मड्रिडले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो। ६०औं मिनेटमा मार्टीले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याए। तर खेलको ७८औं मिनेटमा फेरी रियलले पेनाल्टी पायो। बेलले पेनाल्टीबाट गोल गर्दै रियललाई २-० गोलको जित दिलाए।

त्यस्तै, आइतबार राति नै भएका अन्य खेलमा एट्लेटिको मड्रिडले भिल्लारियललाई र रियल बेटिसले रियल भलाडोलिडलाई समान २-० गोलअन्तरले नै पराजित गरेका छन्। त्यस्तै, भ्यालेन्सिया र लेगनेसबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ। त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २५ खेलबाट ५० अंक हुँदा समान खेल खेलेको रियल मड्रिडडको ४८ अंक छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083