विप्लवको आक्रमण पछि देशभरका एनसेलका टावरमा प्रहरीको उच्च निगरानी

5.63K
shares

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेलका टावरलाई लक्षित गरी आगजनी र बम विस्फोटक गराउन थालेपछि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।

प्रहरीले अहिले देशभर रहेको एनसेलका टावरको तथ्याङ्क संकलन गरी सुरक्षा व्यवस्थामा कडाइ गरेको हो। ‘जिल्ला प्रहरी कार्यालयले आफ्नो क्षेत्रभित्र रहेका एनसेलका टावरको तथ्याङ्क संकलन गरी ती टावरमा निरन्तर निगरानी गरिरहेको छ,’ नेपाल प्रहरीका प्रवक्त प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले भने, ‘देशभर रहेका प्राय सबै टावरमा अहिले निगरानी बढाइरहेको छ।’

प्रवक्ता सुवेदीका अनुसार एनसेल टावरको सुरक्षाका लागि प्रहरीको गस्ती र पेट्रोलिङ बढाइएको छ। केही ठाउँमा भने निरन्तर रुपमा प्रहरी टोलीले पहरा समेत दिइरहेको छ।

शुक्रबार साँझ नख्खु स्थित एनसेल टावरमा भएको बम विस्फोटमा ३ जना घाइते भएका थिए। घाइते मध्ये एकजना सिंहप्रसाद गुरुङको उपरचारका क्रममा मृत्यु भएको थियो। घाइतेहरु २ जनाको अहिले उपचार भइरहेको छ।

नख्खुस्थित एनसेल कार्यायलमा गराइएको बम विस्फोट र एनसेलका टावरमा गरिएको आगजनीको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ। आइतवार को कुराकानीमा विप्लव नेतृत्वको नेकपाका एक नेताले आफूहरुकै योजना अनुसार एनसेलको कार्यालयमा बम विस्फोट र टावरहरुमा आगजनी गराइएको बताएका थिए।

‘७५ अर्ब रुपैयाँ कर छलेको र नेपालबाट गरेको आम्दानी विदेशमा लगानी गरेको कम्पनी विरुद्ध हामीहरुले देशव्यापी रुपमा नै विभिन्न कदम चाल्ने योजना बनाएका थियौं,’ नाम उल्लेख नगर्ने शर्तमा नेकपा नेताले आइतवार भनेका थिए, ‘तर, ललितपुर स्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा परी मानवीय क्षति हुन पुग्यो। यो दुःखद घटना भएको पार्टीले स्वीकार गरेको छ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083