सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

4.58K
shares

काठमाडौँ। नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन्। गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन्।

गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए। पाँच हजार अमेरिकी डलरमा सो क्लबमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पाँच खेलमा सात विकेट लिन सफल भएका थिए।

सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन्। सन्दीपले अहिलेसम्म नौ विदेशी लिग खेलिसकेका छन्। सन्दीप आबद्ध भएका विदेशी लिगमा आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्टइन्डिज), एपिएल (अफगानिस्तान), टी–१० (युएई), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बङ्गलादेश), हङकङ टी–२० ब्लिज, पिएसएल (पाकिस्तान) छन्।

गत वर्षबाट इण्डियन प्रिमियर लिगबाट टि–२० लिगमा ‘डेब्यू’ गरेको सन्दीपले यही एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग र अष्ट्रेलियाको बिगबास लिगमा आफ्नो उपस्थिति जनाएका मात्र छैनन्, विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानलाई ‘पभेलियन’ पनि फर्काएका छन्। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083