विशेष अदालतका ३ न्यायाधीशको काज सरुवा
वि.सं.२०७५ फागुन १४ मंगलवार ११:११
4.28K
shares
shares

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गरेका छन्। प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज सरुवा गरेका हुन्।
न्यायाधीशद्वय ढकाल र बागचन्दलाई सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा सरुवा गरेका छन् भने न्यायाधीश पोखरेललाई राजविराज उच्च अदालतमा सरुवा गरेका छन्। कुनै पनि विशिष्टकृत अदालतमा प्रत्येक दुई वर्ष काम गरेका न्यायाधीशलाई अवधि पुगेको भनी सरुवा गर्ने प्रावधान छ।
सो अवधिभन्दा बढी मुद्दा हेर्दा विकृति आउन सक्ने हुँदा सरुवा गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार काज सरुवा गरिएको न्याय परिषद्ले जनाएको छ।




























