लेस्टरसँग पराजित भएपछि वर्नली रेलिगेशनको जोखिममा

5.01K
shares

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले वर्नलीलाई पराजित गरेको छ। वर्नलीको घरेलु मैदानमा भएको खेलमा लेस्टर २–१ गोल अन्तरले विजयी भएको हो।

वेस मोर्गानले खेलको अन्तिम मिनेटमा गोल गर्दै लेस्टरलाई रोमाञ्चक जित दिलाए। सोही गोल रेलिगेशन जोखिममा रहेको वर्नलीलाई थप जोखिम बढेको छ।

हारपछि वर्नली ३१ खेलबाट ३० अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि १७ अ‍ै स्थानमा छ। कार्डिफ २८ अंक सहित रेलिगेशन जोनमा छ।

खेलको चौथो मिनेटमा ह्यारी मगुईरे रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली लेस्टर १० खेलाडीमा सिमित बनेको थियो। तर खेलमा अग्रता भने उसैले लिएको थियो।

३३ औ मिनेटमा जेम्स म्याडिसनले फ्रिकिकमा गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए। ३८ औ मिनेटमा घरेलु टोलीका ड्वाइट म्याकनिलले खेल बराबरीमा ल्याएका थिए। विजेता लेस्टर तालिकामा सुधार गर्दै ४१ अंक सहित दशौं स्थानमा उक्लिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083