टि-२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक

4.33K
shares

काठमाडौँ । सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ। आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो।

एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ। नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ। त्यस्तै दोस्रो खेलमा मलेशियासँग साउन ९, कुबेतसँग साउन ११ र सिङ्गापुरसँग साउन १२ गते खेल्नेछ।

एशिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ गतेसम्म युएइमा आयोजना हुनेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083