आठौं राष्ट्रिय खेलकुद : उदघाटन पछिका चुनौती
वि.सं.२०७६ वैशाख ६ शुक्रवार १०:२४
shares

काठमाडौ । खेल क्षेत्रको प्रतिष्ठित र सर्वाधिक अपेक्षित प्रतियोगिता आठौं राष्ट्रिय खेलकुदको औपचारीक उदघाटन बिहीवार नेपालगञ्ज रंगशालामा भयो। योसँगै लगातार स्थगित हुँदै, घोषणा हुँदै आएको प्रतियोगिताले औपचारीक रुपमानै सुरुवातका लागि मौका पायो। आगामी मंसिरमा नेपालमानै हुने सागका छनोटको आधार मानिएको प्रतियोगिताको सक्दो भब्य उदघाटनसँगै अब प्रतियोगिताका खेलहरुको चुनौती औपचारीक रुपमा सुरु भएका छन्।
राष्ट्रिय खेलको निरन्तरता
पहिलो पटक ३३ वर्षपछि राष्ट्रिय खेलले निरन्तरता पाएको छ। शरदचन्द्र शाहको अवधारणामा वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गरिएको सुरुवाति तीन संस्करण लगातार राष्ट्रिय प्रतियोगिता आयोजना भएपनि त्यसपछि कहिलेपनि प्रतियोगिता निरन्तर हुन नसक्दा खेलाडी पलायन र नयाँ खेलाडीले सायदै अवसर पाए।
२०७३ मा विराटनगरमा राष्ट्रिय प्रतियोगिता आयोजनापछि पहिलो पटक दुई वर्षमा नै राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरियो। दुई पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको जिम्मेवारी पाउने नेपालगञ्ज मोफसलको एकमात्र भाग्यमानी शहर हो। २०५५ मा यो शहरले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको जिम्मेवारी पाएको थियो ।
३८ करोड रंगशालामा मात्र
आठौं राष्ट्रिय खेलकुदका लागि सर्वाधिक प्रतिक्षा र सबैको चासो भनेको नवनिर्मित नेपालगञ्ज रंगशालाको प्याराफिटनै हो । उक्त रंगशालाको मुहार फेर्न राज्यले १८ करोड खर्च गरेको छ। ३५ सय क्षमताको रंगशाला निर्माण भएको छ । त्यसो त आठौंका लागि पुर्वाधार निर्माणमा मात्र १ अर्व बढी रकम खर्च गरिएको छ। प्रदेश ५ का विभिन्न जिल्लाहरुमा उक्त रकम खर्च गरिएको हो। उदघाटन समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै खेलक्षेत्रमा प्रतियोगिताले उल्लेखनीय योगदान पुर्याउने विश्वास ब्यक्त गरिन्।
उनले खेलले मात्र सबैलाई जोड्न सकेको भन्दै यो उत्साहपुर्ण क्षणको सबैलाई शुभकामना दिएकी थिइन्। त्यस्तै खेलकुद मन्त्री जगतबहादुर सुनवारले नेपाली खेलक्षेत्रका लागि महत्वपुर्ण भएको भन्दै समृद्ध मुलुक निर्माणका लागि समेत खेलक्षेत्रको यो प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरे। त्यस्तै सदस्यसचिव विष्टले ३३ वर्षपछि पहिलो पटक प्रतियोगिताले निरन्तरता पाएको भन्दै आगामी दिनमा पनि निरन्तर रुपमा खेलक्षेत्रले प्रगति गर्दै जाने विश्वास ब्यक्त गरे।
उदघाटनका क्रममा पुर्व ओलम्पीक सुरेन्द्र हमालले ओलम्पीक टर्चको प्रज्जवलन गरेका थिए। दुई पटक ओलम्पीकमा सहभागिता जनाएका हमालले दक्षिण एसियाली खेलकुदमा भने पदक जितेका थिए। ओलम्पीक टर्चलाई प्रतियोगिता उदघाटन अघि सातै प्रदशे पुर्याइएको थियो। उक्त टर्चलाई पुर्व ओलम्पीयन खेलाडीहरुले देशभर भ्रमण गराएका थिए।






















