आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा प्रदेश १ को पहिलो जित

8.52K
shares

कपिलवस्तु । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार बिहान भएको महिला फुटबलमा प्रदेश नम्बर १ ले पहिलो जित दर्ता गरेको छ। शनिबार बिहान कपिलवस्तुको वाणगंगा वुद्धरंगशालामा भएको खेलमा प्रदेश नम्बर १ ले प्रतियोगिताकै कमजोर मानिएको कर्णाली प्रदेशलाई दुई शून्य गोल अन्तरले पराजित गर्दै पहिलो जित हासिल गरेको हो।

पहिलो हाफमा दुवै समूहले गोल गर्ने प्रयास गरे पनि बलले जाली चुम्न नसक्दा गोलरहित बराबरीमा टुंगियो। दोस्रो हाफमा भने प्रदेश नम्बर १ ले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्न सफल भयो। दोस्रो हाफको १२ औं मिनेटमा ओजीको गोलबाट अग्रता लिएको प्रदेश नम्बर १ ले ६४ औं मिनेटमा दोस्रो गोल गरिन्।

सावित्रा मगरकै निर्णायक गोलमा कर्णाली प्रदेश २–० को नतिजा सुम्पदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। नेपाल आर्मी र एपिएफसँग फराकिलो अन्तरले हार भोगेका यी दुई टोलीबीचको खेल भने निकै रोमाञ्चक बनेको थियो। कर्णालीले पनि गोल गर्ने प्रयास गरे पनि गोल गर्न सकेन। कर्णाली अंकविहीन हुँदै अंक तालिकाको पुछारमा छ भने प्रदेश नम्बर १ ले तीन अंक जोडेको छ। शनिबार अपराह्न आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुने छ।


divya collage
unigloble collage