फुटबलमा नेपालको स्वर्ण सपना अधुरै
वि.सं.२०७६ मंसिर २३ सोमवार १०:१३
6.01K
shares
shares

काठमाडौं । भारतसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको स्वर्ण जित्ने लक्ष्य अपुरो भएको छ ।
सोमबार भएको फाइनलमा भारतसँग २-० गोलअन्तरले पराजित भएसँगै स्वर्ण जित्ने सपना अपुरो भएको हो ।
पोखरामा रंगशालामा भएको खेलमा भारतीय बालादेवीले नेपालविरुद्ध १७ औं मिनेटमा नै पहिले गोल गरेकी थिइन् । पहिलो हाफमा १-० ले पछाडि परेको नेपाल खेलमा फर्किन सकेन ।
त्यस्तै, उनले ५५ औं मिनेटमा वान भर्सेस वानमा गोल गरेकी थिइन् । बाँकी समय आक्रमक बनेको नेपालले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो । हारसँगै महिला टोली रजत पदकमा सिमित भएको छ ।

























