अन्तरराष्ट्रिय खेलाडी कसलाई मान्ने

7.63K
shares

काठमाडौँ । खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल शुरु भएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल शुरु भएको हो । समिति सदस्य जीवनराम श्रेष्ठले छलफलका क्रममा विधेयकको प्रस्तावनामा टुङ्गो लगाइएको जानकारी दिए।

उनका अनुसार प्रस्तावनामा ‘खेल क्षेत्रको पनि अध्ययनअनुसन्धान गर्ने’ भन्ने शब्द राखेर टुङ्ग्याइएको छ । यसैगरी समिति बैठकमा अन्तरराष्ट्रिय खेलाडीका सम्बन्धमा पनि दफावार छलफल भएको छ । समिति सदस्य श्रेष्ठले विधेयकमा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्नेलाई मात्र अन्तरराष्ट्रिय खेलाडी भन्ने उल्लेख भएकाले अन्तरराष्ट्रिय खेलाडी कसलाई भन्नेबारे छलफल गरिएको बताए ।

‘‘अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गरेका मात्र नभई सहभागी सबै खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्छ भन्ने धेरै सदस्यको भनाइ रहेको थियो’’, उहाँले भन्नुभयो,‘‘ आजको बैठकमा पर्याप्त समय नभएकोले अर्को बैठकमा थप छलफल गर्ने गरी बैठक सकियो ।’’

बैठकमा युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकालाई मात्र अन्तरराष्ट्रिय खेलाडी भन्नुपर्ने भनाइ राखेका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि रहनुभएका श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी सबैलाई अन्तरािष्ट्रिय खेलाडी मान्नुपर्ने भनी विधेयकमा संशोधन दर्ता गराउनुभएको छ । उनका अनुसार अर्को बैठक आगामी पुस ४ गते बस्ने छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083