अष्ट्रेलियामाथि भारतको शानदार जित

२०७६ माघ ४ शनिवार
1.6K
shares
एजेन्सी । अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली भारत विजयी भएको छ । राजकोटमा सुक्रबार राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो । यससँगै तीन खेलको सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।
जितका लागि तीन सय ४१ रनको विजयी लक्ष्य पक्ष्याएको अष्ट्रेलिया ४९.१ ओभरमा सवै विकेट गुमाएर तीन सय चार रनममा समेटिएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ९८ रन बनाए । मार्नुसले ४६, कप्तान आरोन फिन्चले ३३, एस्टोन अगरले २५ र केन रिचर्डसनले अविजित २४ रन बनाए । भारतका मोहमद शामीले तीन विकेट लिए । नापदिप शैनी, रबिन्द्र जेडेजा र कुलदिप यादबले दुई दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ४० रन बनाएको थियो । भारतका लागि शिखर धवनले ९६ रन बनाए । लोकेश राहुलले ८०, कप्तान विराट कोहलीले ७८ र रोहित शर्माले ४२ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पाले तीन तथा केन रिचर्डसनले दुई विकेट लिए । दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

२०७६ माघ ४ शनिवार