भिनिसियसको ह्याट्रिकमा टोटेनहम एफए कपको चौंथो चरणमा
वि.सं.२०७७ पुस २७ सोमवार १०:३२
6.25K
shares
shares

काठमाडौँ । प्रिमियर लिग क्लब टोटेनहम शानदार जित निकाल्दै एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा टोटेनहमले मारिन एएफसीलाई ५-० ले पराजित गरेको हो । टोटेनहमका लागि ब्राजिली फरवार्ड कार्लोस भिनिसियसले ह्याट्रिक गरे । लुकास मोउरा र अल्फी डिभाइनले पनि एकएक गोल गरे ।
२४ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका भिनिसियसले ३० औं र ३७ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पुरा गरे । ३२ औं मिनेटमा लुकासले गोल गरेका थिए । पहिलो हाफमै ४ गोलले अघि बढेको टोटेनहम दोस्रो हाफमा पनि गोल गर्न सफल भयो । ६० औं मिनेटमा अल्फीले गोल गर्दै टोटेनहमलाई ५-० को शानदार जित दिलाए ।













