पाकिस्तानी भूमिमा भारतलाई उपाधि
वि.सं.२०७८ असोज ६ बुधवार ११:४८
5.64K
shares
shares

काठमाडौं । सन् २००५ को साफ च्याम्पियनसिप पाकिस्तानको कराँची सहरले आयोजना गरेको थियो र त्यसक्रममा निकै कडा सुरक्षा व्यवस्था अपनाइएको थियो ।
भएको के थियो भन्दा त्यसको केही समय अगाडि मात्र कराँचीमा शृंखलाबद्ध बम विष्फोटन भएका थिए । त्यसैले सहभागी बसेको होटल र आयोजना स्थल रंगशालामा खुबै कडा सुरक्षा व्यवस्था थियो।
फेरि एकपल्ट प्रतियोगितामा आठै टिम सहभागी रहे । पहिलो समूह ए बाट माल्दिभ्स र पाकिस्तानले सेमिफाइनल यात्रा गरे । अफगानिस्तान र श्रीलंकाको यात्रा समूह चरणमै टुंगियो ।
-From Khelpati






























