महिला भलिबल टोलीको प्रशिक्षण आजबाट

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आज (आइतबार) बाट सुरु हुँदैछ ।

नेपाल भलिबल संघले महिला टोलीको प्रशिक्षण आइतबारबाट सुरु हुने जनाएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा अपरान्ह २ बजेबाट महिला टोलीको प्रशिक्षण सुरु हुनेछ ।

प्रशिक्षणका लागि संघले २० खेलाडीलाई बोलाएको छ ।

एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि महिला टोलीले तयारी थाल्न लागेको हो ।

महिला टोलीले प्रशिक्षक जगदिश भट्ट र भरत यादवको नेतृत्वमा तयारी गर्नेछन् ।

बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।

नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।

संघले पुरुष टिमको प्रशिक्षण भने केहि दिनपछि सुरु गर्ने जनाएको छ ।

२८ कात्तिक २०७८, आइतवार ११:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु