अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका लागि एलिस ठकुरी छनाेट
काठमाडौं । चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि छनाेट भएका छन् ।
दक्षिण कोरियाको सिओलमा अगष्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका लागि आइतबार छनोट भएका हुन् ।
ग्योरोगीमा ४ र एकल पुम्सेमा २ गरी ६ स्पर्धामा पहिलो भएका खेलाडीहरु छनोट भएका हुन् ।
पुरुष ५४–५८ केजीमा कोटेश्वरका एलिस ठकुरीले फाइनलमा आफ्नै डोजाङका मान्देव भाट क्षेत्रीलाई हराउदै पहिलो भए ।
याे भन्दा अघि धेरै बिषयमा नेपाल तेक्वान्दो सङ्घको आलोचना खेप्दै आएका एलिस ठकुरी यो प्रतियोगितामा भने उत्कृष्ट प्रदर्शन देखाउँदै आफ्नाे क्षमतालाई सफलतामा रुपान्तरीत गर्न सफल भए ।
उक्त कार्यक्रम कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सह–आयोजनामा भएको थियाे ।
३ वैशाख २०८१, सोमवार २३:०८ बजे प्रकाशित