“Emerging Security Situation in Maintaining Law and Order” विषयक एक दिवसिय कार्यशाला गोष्‍ठी सम्पन्न (तस्बिरमा हेर्नुस् )

8.18K
shares

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त वहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा Emerging Security Situation in Maintaining Law and Order” विषयक एक दिवसिय कार्यशाला गोष्‍ठी सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा Sky Garden Resort, Dhulikhel मा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हाे  ।

प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले समग्र शान्ति सुरक्षा चुस्त वनाउनमा सबै पक्षको समन्वय र सहकार्यबाट सम्भव हुने कुरामा प्रकाश पार्नु भएको थियो । प्रमुख अथितिले वर्तमान अवस्थामा घटित हुने अपराधको प्रकुतिलाई नियन्त्रण र सफल अनुसन्धानका निम्ति जिल्ला स्तरमा रहेको सुरक्षा समितिका अंग वीचको तदारूकता र Problem Solving Altitude ले अहम भुमिका निर्वाह गर्ने कुरा प्रस्ट्याउनु भएको थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक  सन्दिप भण्डारीले यस प्रकारको कार्यशाला गोष्ठीको आयोजनाले जिल्ला स्तरमा भएको समस्याहरूलाई समेटी आगामी दिनमा प्रशिक्षण प्रदायक निकायले पाठ्यक्रम निर्माण परिमार्जन तथा समग्र प्रशिक्षण कार्यलाई प्रभावकारी वनाउन सकिने कुरा व्यक्त गर्नु भएको थियो ।

जिल्लाको शान्ति सुव्यवस्थाको आवश्यक चुनौतीका सम्बन्धमा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले प्रस्तुती गर्नु भएको थियो ।

कार्यक्रमको औचित्यता बारे प्रहरी नायब उपरीक्षक कौशल कुमार वुढाथोकीले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा काभ्रे जिल्ला सुरक्षा समितिका सदस्यहरू प्रमुख जिल्ला अधिकारी रुद्र देवि शर्मा, जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता रमेश आचार्य, कालिजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाश वहादुर सिंह, प्रहरी उपरीक्षक वसुन्धरा खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काभ्रेका उप-अनुसन्धान निर्देशक शेर जंग वहादुर चन्द, सशस्त्र प्रहरी बल नेपाल नं. १५ हेड क्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश भट्टको उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083