ललितपुर जिल्ला प्रहरी कार्यलयद्वारा “Police of The Month” घोषित
वि.सं.२०८१ वैशाख ४ मंगलवार ००:३५
5.89K
shares
shares

काठमाडौं । प्रहरी प्रभाग लुभुमा दरबन्दी भई हाल वडा प्रहरी कार्यालय लगनखेलमा कार्यलय प्रमुखको रुपमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक याम बहादुर के.सी. चैत महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
वरिष्ठ सई केसीले प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराएकाले उनलाई चैत महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो।

आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राखेको भन्दै योगदानको उच्च कदर गर्दै ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी शेखर खनालले नगद पुरस्कार तथा प्रशंसा-पत्र सहित सम्मानसमेत गरेका छन् । वरिष्ठ प्रहरी नायव निरीक्षक याम बहादुर के.सीलाई २०८० साल चैत महिनाको “Police of The Month” घोषित गरि पुरस्कृत गरिएको थियाे ।































