राष्ट्रिय एकता बलियो बनाउन खेलकुदको महत्वपूर्ण भूमिकाः प्रचण्ड

5.84K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले खेलकुदले राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।पोखरा रंगशालामा सम्पन्न पोखरा प्रिमियर लिग (सीपीएल) को समापन गर्दै प्रचण्डले भने,‘राष्ट्रिय एकता बनाउने कुरामा अहिलेको नयाँ युगमा खेल सशक्त माध्यम बनेको छ । कतिपय देशहरु सायद अहिलेको विश्व मानचित्रमा त्यता देश हुने थिएनन्, यदि क्रिकेट हुँदैनथ्यो भने ति देश एकतावद्ध रहन्थे कि रहन्थेन ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

नेपालमा पनि क्रिकेटको माध्यमबाट राम्रो संस्कार तथा अनुशासन विकास हुन थालेको पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बताए । उनले भने, ‘हाम्रो देशमा पनि क्रिकेटको माध्यमबाट राष्ट्रिय एकता अनुशासन, संस्कार र पहिचान स्थापित गर्ने जुन काम अगाडि बढेको छ, यो हामी सबैको निम्ति खुसी र गर्वको कुरा छ ।यस्तै, अध्यक्ष प्रचण्डले पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने दिशामा पार्टी, सरकार र सबैको ध्यान जान आवश्यक रहेको बताए । उनले आफ्नो तर्फबाट रंगशाला निर्माण गर्न पूरा सहयोग गर्ने प्रतिवद्धतासमेत बजाए ।पूर्व प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको खुलेर प्रशंसा गरे । उनले भने, ‘देशमा क्रिकेटको सकारात्मक सन्देश प्रवाह गभइरहेको छ त्यसमा कप्तान र उपकप्तानको अह्म भूमिका छ म उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।


divya collage
unigloble collage